राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आन्तरिक सांगठनिक विषय, रुपन्देही-३ मा हुने उपनिर्वाचन लगायतका विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए।
यो पनि: आफ्नो पार्टीबाट रूपन्देही ३ मा दीपक बोहराका छोरा उठाउन राप्रपा र रास्वपाको तानातान