नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले सदन र बाहिर पार्टीका नेताहरू छाडा भएकोले कन्ट्रोल गर्नुपर्ने धारणा राखेका छन्।
सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदन र बाहिर पार्टीका सांसदहरूले लक्ष्मणरेखाभन्दा बाहिर गएर बोल्ने गरेको बताए।
‘बागमती प्रदेशको बजेट छाडा रूपमा आयो। यसलाई कसरी ठिक बाटोमा लैजाने पार्टीले पनि एउटा मेकानिजम बनाउनुपर्छ, सदन र बाहिर पनि कतिपय नेताहरूले छाडा भएर कुरा उठाएका छन्, त्यसलाई कसरी कन्ट्रोल गर्ने पार्टीले पनि ध्यान दिनुपर्छ,’ उनले भने, ‘बजेट ल्याउने बेला पनि पार्टीले सांसदहरूसँग छलफल गर्नुपर्यो र सांसदहरूले पनि बोल्दा लक्ष्मणरेखा काट्न भएन।’
उनले कांग्रेस डिजिटल मिडिया क्याम्पेनमा कमजोर रहँदा पार्टीलाई क्षति पुगिराखेको बताए।