प्रतिनिधि सभाको बैठक सुरू भएको छ।
मंगलबार पौने १२ बजेदेखि प्रतिनिधि सभाको बैठक सुरू भएको हो।
बैठक सुरू भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ।
सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिएका छन्।
त्यसपछि अन्य दलका सदस्यलाई दिने उनले बताए।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन गर्ने सन्दर्भमा धारणा राखिरहेका छन्।
रास्वपाले मन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको गृहमन्त्री लेखकले बताए।
राप्रपाले उक्त समितिलाई झारो टार्ने काम गरेको भन्दै संसदमा विरोध जारी नै राख्ने निर्णय गरेको छ।
रास्वपाको संसदीय दलको बैठकले पनि संसदमा धारणा राख्नेबारे निर्णय गरेको छ।
लाइभ: