नेपाली कांग्रेसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम सुरू गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो।
शुभारम्भ कार्यक्रममा बोल्दै कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरूङले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने बताए।
पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको बताए।
विनाशलाई पर्खिनुभन्दा केही गरेर असर न्यूनीकरणका लागि पहल गर्न जरूरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम सुरू गरिएको बताए। विपद् व्यवस्थापनसम्बन्धी नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने तालिममा सहभागी गराइने बताए। –न्युज एजेन्सी नेपाल