नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ।
शनिबार र आइतबार भएको बैठकमा ६६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्दै बैठक सम्पन्न भएको हो।
केन्द्रीय सदस्यहरूले राखेको धारणामा पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जवाफ दिए।
पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यस अघिको कार्यविभाजनको समिक्षा गरी नयाँ कार्य विभाजन हुने जनाइएको छ।
भ्रष्टाचारविरूद्ध सबै तहमा संघर्ष सञ्चालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर पूर्ण समानुपातिक संसदको लागि जनपरिचालन गर्ने प्रस्ताव पेश गरिएको छ।
यस्तै, बैठकले राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने, बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे संघर्ष सञ्चालन गर्ने मजदुर प्रस्ताव पेश गरेको छ।
त्यसैगरी किसान, महिला, दलित लगायत जनवर्गहरूको समस्याहरूबारे संघर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनितिक समिति गठन गर्ने लगायतका प्रस्ताव पेस भएको छ।