प्रतिनिधि सभाको बैठकमा १८औं दिनमा बजेटबारे छलफल सुरू भएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते प्रतिनिधि सभामा बजेट प्रस्तुत गरेका थिए। त्यसको १८औं दिमा बजेटबारे छलफल सुरू भएको हो।
नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधि सभाको बैठक अवरोध भइरहेको थियो। माओवादी केन्द्रले सत्ता पक्षसँग दुई बुँदे सहमती गरेपछि रास्वपा र राप्रपाको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका हुन्।
आइतबारको बैठकमा अर्थमन्त्री पौडेलले वक्तव्षसहित आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।
छलफल प्रक्रियामा सुरूमा नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले भाग लिएका छन्।
यसबीच रास्वपाका सांसदहरूले वेल घेरेर नाराबाजी गरेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन्। राप्रपाले पनि यसमा समर्थन जनाउँदै विरोध जनाएको छ। राप्रपाले वेल घेराउ भने गरेको छैन।