नेकपा (एकीकृत समाजवादी) का सांसद माधवकुमार नेपाल निलम्बनमा परेको विषय सदनमा जानकारी गराइएको छ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका सांसद नेपालको पद निलम्बनमा परेको जानकारी गराएका हुन्।
अध्यक्ष नेपालविरूद्ध पतन्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको थियो।
भिडिओ: