प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ।
बिहीबार साँझ प्रतिनिधि सभा बैठक सुरू भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नेबित्तिकै विपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन्।
विपक्षी दलका सांसदहरूको अवरोध र नाराबाजीपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको हो।
बैठक जेठ ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।
यद्यपि उक्त प्रकरणमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भइसकेको छ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने उनीहरूबीच भएको सहमतिको पहिलो बुँदामा उल्लेख छ।
साथै दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ। यो सहमति औपचारिक रूपमा दलहरूले सार्वजनिक गरिसकेका छैनन्।
कांग्रेस-एमाले र माओवादीबीच दुई बुँदामा सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा छन्।
-1749734004.jpg)
-1749734005.jpg)
-1749734005.jpg)
-1749734004.jpg)
-1749734004.jpg)
-1749734002.jpg)
-1749734002.jpg)
-1749734003.jpg)
-1749734003.jpg)
-1749734002.jpg)
-1749734002.jpg)