प्रतिनिधि सभा बैठक सुरू भएको छ।
यसअघि प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइए पनि सूचना टाँस गरेर अपराह्न सवा ३ बजेका लागि तय गरिएको थियो।
सभामुख देवराज घिमिरेले पनि सदनको गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग आज छलफल गरेका थिए।
बैठकमा प्रतिपक्षीले भिजिट भिसा प्रकरणको विषय उठाएर नाराबाजी गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न उनीहरूले माग गरिरहेका छन्।