सरकारको मन्त्रिपरिषदको बैठक सुरू भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको हो।
समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरूद्ध गरिरहेको छ।
संसदीय अथवा जाँचबुझ आयोग अनुसार छानबिन समिति बनाउनुपर्ने अडान सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूसँग रास्वपाले स्पष्ट ढंगले 'बटमलाइन' का रूपमा राख्दै आएको छ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने छानबिन समितिको अडान छाडेको छ।