सभामुख देवराज घिमिरेले तीन वटा दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन्।
आइतबार संसदको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले पौने १२ बजेदेखि सिंहदरबारमा तीन वटा प्रमुख दलसँग छलफल गर्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको हो।
नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे, एमालेका महेश बर्तौला र माओवादीका हितराज पाण्डेसँग छलफल हुन लागेको सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्। गृहमन्त्री रमेश लेखकको विपक्षी दलहरूले राजीनामा माग गर्दै आएका छन्।