सत्तारूढ नेकपा (एमाले)की सांसद रणकुमारी बलम्पाकी मगरले घरेलु मदिराको प्रबर्द्धका लागि राज्यले कुनै नीति नलिएको बताएकी छन्।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद मगरले संस्कृति, परम्परा र स्थानीय जिविकोपार्जनसँग जोडिएको घरेलु मदिरा प्रबर्द्धनका लागि सरकराले स्पष्ट नीति नलिएको बताएकी हुन्।
'विदेशी ब्रान्डका मदिराहरू आयात हुँदै आएका छन्। यसले हाम्रो मौलिक उत्पादनलाई बजारमा पछि पारिरहेको छ,' उनले भनिन्।
त्यसकारण घरेलु मदिरा उत्पादनलाई लघु उद्योगका रूपमा मान्यता दिनुपर्ने उनले बताइन्।
'यसको गुणस्तर सुधार, बजार पहुँच र पबर्द्धनको नीति ल्याइयोस्। कोदोको रक्सीलाई ब्रान्डिङ गरियोस्,' उनले भनिन्।