लुम्बिनी प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार अबेर सम्पन्न बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको प्रवक्ता पन्थीले जानकारी दिए।
यस्तै, बैठकले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै लुम्बिनी प्राज्ञ प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता पन्थीले बताए।