सत्तारूढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले जनताका निराशा र कुरा नसुनिएकोप्रति लक्ष्य गर्दै प्रतिनिधि सभाको बुधबारको बैठकमा कुरा उठाएका छन्।
उनले नेताहरूले भनेका कुरा ठिक हुने तर जनताले भनेका कुरा बेठिक हुने भन्दै व्यङ्ग्यसमेत कसे।
‘नेपालमा शिक्षक ठिक हुनुहुन्छ, विद्यार्थी ठिक छन्। विद्यालय र शिक्षा ठिक छ। पोहोर बगाएको पुलहरू बनेका छन्, त्यो ठिक छ। यसपालि बग्दै छन् सबै ठिक छ। नेपाल सम्पूर्ण रूपले ठिक छ, म राजनीतिमा छु मैले भनेको ठिक छ, जनताले भनेको ठिक छैन,’ व्यङ्ग्य गर्दै उनले भने।