नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बारपाक जाने भएका छन्।
उनी शुक्रबार बारपाक जाने कार्यक्रम तय भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
बिहीबार माओवादी संसदीय दल कार्यालयमा भएको संसदीय दलको बैठकमा प्रचण्डले आफू शुक्रबार जाने कार्यक्रम तय भएको जानकारी गराएको पाण्डेले बताए।
०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।
भूकम्प गएको भोलि १० वर्ष पुग्छ। सोही दिन प्रचण्ड इपिसेन्टरमा जान लागेको प्रमुख सचेतक पाण्डेले बताए।