नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन्।
सभापति देउवा र उनका स्वकीय सचिव भानु देउवा बिहीबार भारत जाने भएका हुन्।
सभापति देउवा भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउन्डेसनले गर्ने कुम्भ ग्लोबल समिटमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
सभापति देउवा शुक्रबार कार्यक्रममा सहभागी हुनेछन्।
उनले राजनीतिक भेटघाट गर्ने कार्यक्रम नभएको सचिवालयको भनाइ छ। तर उनी कुम्भ मेलामा सहभागी हुने सम्भावना भने छ।
यो समिटमा वक्ताका रूपमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी रहनेछन्। सभापति देउवा शनिबार काठमाडौं फर्कने कार्यक्रम छ।