उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अबकाे कार्यभार राजनीतिक स्थिरताबाे जगमा आर्थिक क्रान्ति गर्नु रहेकाे बताएका छन्।
प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस बर्दियाले बुधबार गरेको कार्यक्रममा बाेल्दै उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताए।
उपप्रधानमन्त्री सिंहले २००७ सालकाे क्रान्ति कांग्रेसले गरेकाे चर्चा गर्दै ०७२ सालमा संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएकाे बताए।
`प्राप्त गरेकाे राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थिरताकाे जगमा अब आर्थिक क्रान्ति गर्ने हाे,´ उपप्रधानमन्त्री सिंहले भने।
अहिलेकाे व्यवस्था लामाे संघर्ष र बलिदानबाट प्राप्त भएकाे भन्दै अधिकारसँगै सबैले आआफ्नाे जिम्मेवारी पूरा गरेर बलियाे बनाउनुपर्ने उनको भनाइ छ।
अग्रज नेताहरूले आफ्नाे समयमा जेलजीवन, यातना, निरवासन र सहिद भएर दिएकाे अधिकार सुरक्षित गर्ने दायित्व अहिलेकाे नेतृत्वकाे काँधमा रहेकाे उनले बताए।