प्रधानमन्त्री केपी शर्मा ओलीले दुग्ध किसानलाई तिर्न बाँकी रहेको रकम यथाशिघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन दिएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुग्ध किसानको भुक्तानी सम्बन्धमा दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको जानकारी दिएका हुन्।
'बाँकी रकम पनि क्रमशः भुक्तानीको प्रक्रियाका लागि अघि बढाइएको छ,' उनले भने, 'केही निजी डेरीहरूले कृषकहरूलाई भुक्तानी गर्न बाँकी रहेको दूध बिक्री रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिइएको छ,' प्रधानमन्त्री ओलीले भने।