नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का निवर्तमान महासचिव दिपेश पुनविरूद्ध पनि कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिल कार्यालयले पुनविरूद्ध पनि बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।
सरकारी वकिल कार्यालयले पुनसँग २ करोड १४ लाख ८ हजार ८४३ रूपैयाँ बिगो दाबी गरेको छ। उनीविरूद्ध सहकारी ठगीसँगै संगठित अपराध कसुरमा पनि मुद्दा चल्ने भएको छ।
सहकारी बचत अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ भने छविलाल जोशीविरूद्ध ५ करोठ २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको छ।
रवि लामिछाने, छबिलाल जोशी, रामबहादुर खनाल लगायतविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि बिगो दाबी भएको छ।
सहकारीको १ अर्ब १४ करोड ६८ लाख ३८ हजार ३९४ रूपैयाँ अपचलनमा ४४ जनालाई विपक्षी बनाएर आइतबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ।