राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सहदेव भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्।
दुई दिनसम्म चलेको आठौं अधिवेशनले भण्डारी नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित गरेको राप्रपाका प्रवक्ता मोहन कुमार श्रष्ठले जानकारी दिए।
उनका अनुसार अधिवेशनले उपाध्यक्षहरूमा नवराज सत्याल, इच्छाराम थापा र गीता कुमारी शाही, सचिवमा जीवन कुमार गोले, सहसचिवमा भगवान पराजुली र दामोदर थापालाई निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरूमा हिरा बजगाई, भिमसेन भुजेल, रूपक खरेल, रेमण्ड कर्माचार्य, पूर्ण बहादुर विश्वकर्मा, विनय महत, चेत बहादुर ब्लोन, रमेश प्रसाद दाहाल र लिलादेवी खड्का श्रेष्ठ निर्वाचित भएका छन्।
आकांक्षी उम्मेदवारबीच सहमति कायम गरि भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।