लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा लक्ष्मणराज ज्ञवाली नियुक्त भएका छन्।
बर्दिया गुलरिया नगरपालिका-४ का ज्ञवाली मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका हुन्। उनी एमाले बर्दिया इन्चार्ज र केन्द्रीय सदस्य छन्।
स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादक लगायत विभित्र सामाजिक संघ संस्थामा काम गरेका छन्।
पञ्चायतकालमा भूमिगत जीवन विताएका ज्ञवालीले ८ वर्ष जेल जीवन बिताएका छन्। अनेरास्ववियूको केन्द्रीय सदस्य हुदै युवा संघमा सक्रिय रहेका उनले किसान र भूमि आन्दोलनमा योगदान पुर्याएको छन्।