निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद सापकोटाले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको जानकारी दिए।
उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अधयक्ष/उपाध्यक्षको निर्वाचनका लागि स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ।
त्यस्तै वडाध्यक्षको निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा कार्यालय रहने आयोगले जनाएको छ।
मंसिर १६ गते ३९ स्थानमा उपनिर्वाचन हुँदैछ।