नेकपा (माओवादी केन्द्र) ले बाढी पहिरोको क्षतिसम्बन्धि स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा साझँ बसेको केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
बैठकले मौसम पूर्वानुमान अनुसार बाढी पहिरो र त्यसबाट हुनसक्ने क्षतिको आँकलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्व तयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ।
बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनःर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ।
त्यस्तै, दीर्घकालीन पुनःर्स्थापना र पुनःर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ।