माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' ले सतर्कता अपनाउन आग्रह गरेका छन्।
लगातार भइरहेको भारी वर्षाका कारण खोला र नदीका किनारमा पानीको सतह बढिरहेको हुँदा सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन्।
'पानीको बहावले प्राकृतिक विपत्तिको अवस्था सिर्जना हुनसक्ने भएकोले नदी किनारा, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु,' उनले भनेका छन्।
यस्तै, प्रचण्डले जनताको दु:खमा हातेमालो गर्न आफ्ना नेता तथा कार्यकर्ता, राज्यका सबै निकाय, राजनीतिक दल र सामाजिक संघसंगठनलाई अपिल गरेका छन्।
शुक्रबार दिनभरि परेको पानीले देशका विभिन्न ठाउँहरू डुबानमा परेको छ।