नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जानबाट रोक्न माग गरी हालेको रिट सर्वोच्च अदालतबाट फिर्ता भएको छ।
तत्कालीन डिएसपी गोविन्द पन्थीले बुधबार उक्त रिट निवेदन सर्वोच्च अदालतबाट फिर्ता लिएका हुन्।
उनीसहित २१ जना प्रहरी अधिकारीहरूले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा जान लागेको भन्दै रिट दायर गरेका थिए।
उनीहरूले दायर गरेको रिटमा भदौ ६ गते न्यायाधीश हरिप्रसाद फुयालले प्रहरीहरूको पक्षमा ३० वर्षे सेवा अवधिबाट अवकाशमा कसैलाई पनि नपठाउन अन्तरिम आदेश जारी गरेका थिए।
यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो।
उक्त भ्याकेट निवेदनमा सुनुवाइ गर्दै भदौ १४ गते न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश खारेज गरेको थियो।
उक्त आदेश खारेज भएपछि २१ जनै प्रहरी अधिकारीहरू अवकाशमा गएका थिए।
यो पनि: प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने र बढुवा समितिले दिने अंक घटाउने प्रस्ताव