नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले केन्द्रीय समिति बैठक बोलाएको छ।
असार ५ र ६ गते बस्ने गरी अध्यक्ष विद्वान गुरूङले केन्द्रीय समिति बैठक बोलाएका हुन्।
दिव्यश्वरी पार्टी प्यालेस लोकन्थली भक्तपुरमा बस्ने केन्द्रीय समितिमा विधानको संशोधित मस्यौदा छलफलसहित पारित गर्ने एजेन्डा छ।
तरूण दलको नियमित महाधिवेशन भएको छैन। पार्टीले तदर्थ समिति बनाएको छ जसमा चार सय जना केन्द्रीय सदस्य छन्।