संवैधानिक परिषदको बैठक सरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न ५ बजेका लागि बोलाएको बैठक शुक्रबारसम्मका लागि सरेको हो।
अब शुक्रबार अपराह्न ५ बजे बैठक बस्ने तय भएको स्रोतले जनाएको छ।
संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।
परिषद बैठक गरेर प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी थियो।