राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुख इन्दिरा राना मगरलाई पूर्ण ज्ञान नभएर पत्रमा हस्ताक्षर गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद झाले उपसभामुखले आफूबाट गल्ती भएको भनेर विज्ञप्ति पनि निकालिसकेको उनको भनाइ छ।
उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।
‘हाम्रो उपसभामुखले एउटा पत्र लेख्नुभयो, उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो। जसका बारेमा उहाँले मबाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो,’ उनले भने, ‘१९ महिनापछि त्यो राजनीतिक रूपमा चर्चाको विषय भएको छ। बार्गेनिङका लागि त्यो पत्र प्रयोग गरिँदैछ।’
भिडिओ: