नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नोबेल पुरस्कार दिनुपर्छ भनेर पुरस्कारकै खिल्ली उडाइएको बताएकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद घर्तीले नेपालमा शान्ति स्थापनाका लागि अहम् भूमिका निर्वाह गरेकाले नोबल शान्ति पुरस्कार पाउनुपर्ने माग हास्यास्पद रहेको बताएकी हुन्।
उनले नोबेल शान्ति पुरस्कार पाएका व्यक्तिहरूको उदाहरण पनि दिइन्।
दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने प्रयास गरेबापत नेल्सन मण्डेलालाई, रंगभेद विरूद्ध संघर्ष गरेबापत मार्टिन लुथर किङ, विभिन्न ऐतिहासिक काम गरेर मदर टेरेसा , मलाल लगायतलाई दिएको पुरस्कार प्रचण्डलाई दिने पुरस्कारकै खिल्ली उडाइएको बताए।
'प्रचण्डको नेतृत्वमा नेपालमा एक दशक चलेको द्वन्द्वमा हजारौं मरे। घाइते भए बेपत्ता पारे अझै शान्ति प्रक्रियाको काम टुंगिएको छैन।उनैलाई शान्तिको नायक मानेर नोबेल शान्ति पुरस्कार चाहिने?,' सांसद घर्तीले भने।
हात्ती र हात्तीछाप तथा शान्ति र हिंसा एउटै हो भन्ने भाष्य जबरजस्ती स्थापित गर्ने दुष्प्रयास संसदबाट नगर्न पनि सांसद घर्तीले चेतावनी दिए।
यो पनिः