सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसेको छ।
बुधबार बिहान करिब ११ बजेदेखि बैठक जारी छ।
सत्ता पक्षले उपसभामुख इन्दिरा राना मगरको आचरणमा प्रश्न उठाउँदै पदबाट हटाउन प्रस्ताव पेस गर्ने तयारी गरेको, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयमा छलफल गर्न सचिवालय बैठक बसेको एक सदस्यले बताए।
उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।
मंगलबारको प्रतिनिधि सभामा नेकपा (एमाले) का सांसदहरूले उपसभामुखले राजीनामा दिनुपर्ने माग गरेका थिए।
यो पनि: जनमत अध्यक्ष राउत र नाउपा अध्यक्ष श्रेष्ठलाई प्रश्न- उपसभामुख हटाउने प्रस्तावमा मतदान गर्नुहुन्छ?