गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरूवा गरेको छ।
मंगलबार गृह मन्त्रालयले काठमाडौंसहित सिडिओहरू सरूवा गरेको हो।
काठमाडौंको सिडिओ जयनारायण आचार्य भएका छन्। उनी कारागार व्यवस्थापन विभागका महानिर्देशकको रूपमा कार्यरत थिए।
काठमाडौंमा सिडिओ रहेका जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा सरूवा गरिएको हो।
गृहमा रहेका किरण थापा सिन्धुपाल्चोकमा जाने भएका छन्। त्यस्तै सिन्धुलीमा लिला शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीको सरूवा भएको हो।
सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीमा सिडिओ खाली थिए।
प्यूठानमा रहेका सिडिओ नारायणप्रसाद अर्याललाई गृहमा तानिएको हो।