नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
निवास बूढानीलकण्ठमा बुधबार बिहान ८:३० बजे बस्ने गरी सभापति देउवाले बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए।
उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धी प्रश्न उठेको र उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव लगायत विषयमा आवश्यक छलफल गरेर सामूहिक धारणा बनाउन बैठक बस्न लागेको ती पदाधिकारीको भनाइ छ।
एमालेका सांसदहरूले आजको प्रतिनिधि सभामा उपसभामुख रानालाई पदबाट राजीनामा दिन सुझाव दिए पनि कांग्रेसका सांसदहरूले यसबारे बोलेका थिएनन्।