कोरोना बीमाको रकम माग गर्दै बीमा कम्पनीहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यो रिटमा परमादेश जारी गर्दै अग्राधिकार समेत दिएको हो।
आइतबार बीमा कम्पनीहरूले दायर गरेको रिटमा सोमबारको लागि पेशी तोकिएको थियो।
निर्जीवन बिमा कम्पनीहरूको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। सरकारले रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी हुन नसकेको भन्दै कम्पनीहरू सर्वोच्च गएका हुन्।
सरकारले कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको थियो। हाल बीमितले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ।