तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रूपमा विकास गर्न भारतले चासो देखाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार भारत सरकारले अस्पताललाई हजार शय्याको प्रतिष्ठानमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
शुक्रबार शीतल निवासमा राष्ट्रपति पौडेल र भारतीय राजदूत नवीन श्रीवास्तवबीचको छलफलमा भएको थियो। राजदूत श्रीवास्तवाले अस्पताल निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डिपिआर सम्बन्धी संरचना तयार गरी सो अनुसारको निर्माण कार्यलाई अघि बढाउने बारेमा पहल भएकोमा त्यसलाई हजार शय्याको बनाउनेबारेमा राष्ट्रपति पौडेलले विशेष चासो राख्दै आएका थिए।
पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सो केन्द्र स्थापना भएको हो।
सो केन्द्रलाई देशकै एक विशिष्ट अस्पतालका रुपमा तथा चिकित्सा शिक्षण प्रतिष्ठानका रुपमा विकास गरिने लक्ष्य समेत अघि बढाइएको छ।