जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरू सार्वजनिक गरेको छ।
शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाइ र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा बैठकले गरेका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन्।
जसपा नेपालले भदौ ९ गते काठमाडौंस्थित काठमाडौं ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ। पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमका बीच गर्ने अभियानको उद्घाटन कार्यक्रम रहेको छ।
जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा जिम्मेवारी तोकेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाएको छ।
निर्णयको पूर्णापाठः