भक्तपुरकाे गठ्ठाघरमा भएकाे सवारी दुर्घटनाकाे छानबिन गर्न समिति गठन भएको छ।
शुक्रबार साँझ भक्तपुरका सहायक जिल्ला अधिकारी डाेरेन्द्र निराैलाकाे नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेकाे हाे।
निराैला नेतृत्वकाे समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि काेइराला सदस्य छन्।
दुर्घटनाका सम्बन्धमा सराेकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएकाे छ।
गृहमन्त्री रमेश लेखकले गठ्ठाघर दुर्घटनाकाे गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियाे।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी ठिमी वृत्तको जिम्मा लगाएको थियाे।