गुल्मी, जाजरकोट लगायत केही जिल्लाका केही स्थानमा भारी वर्षा भएको छ।
बागलुङको गलकोटमा पछिल्लो १२ घन्टामा ८३.४ मिलिमिटर पानी परेको छ। जल तथा मौसम विज्ञान विभागले अद्यावधिक गरेको तथ्यांकअनुसार गुल्मीको मुसिकोटमा ८४.४ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै म्याग्दीको मुनामा ६९.२, पर्वतको पन्चासेमा ६४.६ मिलिमिटर वर्षा मापन भएको छ।
नेपाल बाढी सूचना केन्द्रले यी स्थान भई बग्ने खोलाको जल सतह बढ्ने पूर्वामानु गरेको छ।
त्यस्तै भिरालो जमिनमा पहिरोको सम्भावना हुने हुँदा सतर्क रहन पनि भनेको छ।