नेकपा (माओवादी केन्द्र) ले सदन, सडक र १२२ स्थानीय तहलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
बिहीबारको स्थायी समिति बैठकले
‘पहिले हामी सरकार, सदन र सडक भन्थ्यौं। अबचाहिँ हामी सदन, सडक र १२२ स्थानीय तहलाई प्रभावकारी बनाउने निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने।
१२२ स्थानीय तहमा माओवादीको सरकार छ। ती सरकारहरूलाई पनि प्रभावकारी बनाउन खोजिएको उनले बताएका छन्। ‘यी १२२ स्थानीय तहले सुशासन लगायतमा सबै स्थानीय तहलाई मोडल प्रस्तुत गर्न सकोस्,’ उनले भने।
उनकाअनुसार केन्द्रीय सदस्यहरू र सम्बन्धित प्रदेशका पदाधिकारीहरूको परामर्श बैठक बस्ने पनि जानकारी दिए।
‘अध्यक्षलगायत उपमहासचिवसम्म हरेक प्रदेशमा जाने र जनताका कुरा सुन्ने हो,’ उनले भने।
उनले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बस्ने पनि जानकारी दिए।