संघीय संसदका दुई समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन्।
संसदीय सुनुवाइ समितिकी सभापति नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिका सभापति नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शपथ लिएका हुन्।
उनीहरू बिहीबार निर्विरोध सभापति निर्वाचित भएका थिए।
सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति न्यौपाने र गैरेलाई बिहीबार अपराह्न शपथ गराएका हुन्।