राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सांसद डा. तोसिमा कार्कीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छन्।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षणका लागि सांसद कार्कीले बिहीबार संघीय संसद सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेकी हुन्।
उक्त प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सांसदहरू सोबिता गौतम, मनिष झा र डा. चन्दा कार्की छन्।
उक्त प्रस्ताव सभामुख देवराज घिमिरेलाई बुझाइएको छ।