उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको छ।
जसपा नेपालले पाँच लाख जना क्रियाशील सदस्य पुर्याउने गरी संगठन निर्माण गर्ने बताएको छ।
यही भदौ ९ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरी अध्यक्ष यादवले जनअभियान घोषणा गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
पहिलो चरणको अभियान चार महिनासम्म चल्नेछ।
साउन २७ गतेदेखि बुधबारसम्म जसपा नेपालको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकमा अध्यक्ष यादवले राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन पेस गरेकोमा सुझावसहित पारित भएको छ।
बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरूको कार्यविभाजन पार्टीले जनाएको छ।