राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले तत्कालीन राजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका उनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताए।
शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने उनको भनाइ छ।
‘शान्ति सम्झौताको एउटा पक्ष राजालाई दलहरूले सम्झनुपर्थ्यो, जसले र शान्ति प्रक्रियालाई साथ दियो,’ उनले भने, ‘आज सम्झनुपर्छ त्यति पूर्वाग्रही बन्नु हुन्थेन। यो शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राजाको योगदान छैन? राजालाई सम्झनुपर्ने होइन? दलहरूले राजालाई शान्ति प्रक्रियाबापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो।’
उनले द्वन्द्व कसका कारण र कसका लागि भयो भन्ने मुख्य कुरा रहेको पनि बताए।
भिडिओ: