टिआरसीसम्बन्धी विधेयकबारे प्रतिनिधि सभामा छलफल सुरू भएको छ।
बुधबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएका थिए।
प्रधानमन्त्री ओलीले टिआरसी विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट छिट्टै पारित हुनेमा विश्वास व्यक्त गरेका छन्।
यसपछि कानुन मन्त्री अजयकुमार चौरसियाले पेस गरेको टिआरसी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको थियो।
विधेयकमाथि दलका शीर्ष नेताहरूले बोल्ने भएका छन्। यो विधेयकमाथिको छलफलमा बोल्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रोस्टममा पुगेका छन्।
लाइभ: