प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बुधबारको बैठकमा बोलेका छन्।
प्रधानमन्त्री ओलीले केही विषयमा प्रष्ट पार्ने र केही विषयमा खुसी प्रकट गर्न आफू सदनमा बोल्न गइरहेको बताएका छन्।
उनले देशमा रहेको द्वन्द्वलाई शान्ति प्रक्रियामा परिणत गरिएको बताए।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सरकारले प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको छ।
विवादित विषयमा केही समयअघि दलहरूबीच सहमति पनि जुटेको थियो। गत साउन २४ गते संसदको कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत रूपमा यो विधेयक पारित भएको थियो।
प्रधानमन्त्री ओलीले टीआरसी विधेयक प्रतिनिधि सभाबाट बुधबार नै र राष्ट्रिय सभाबाट पनि केही समयभित्रै पारित हुनेमा विश्वास व्यक्त गरेका छन्।
(लाइभ)