राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता गर्ने भएको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा यसबारे छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
‘रास्वपाले जलनसम्बन्धी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकको अन्तिम छलफल चलिरहेको छ। त्यो आज हामी टुंग्याउँछौं। अर्को, संसदको कानुन समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले टुंग्याएको छ। संसदमा पेस गर्ने तयारी पनि भइरहेको छ। आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर मुद्दाहरूका विषयमा पनि छलफल भयो। यद्यपि बैठक चलिरहेको छ,’ उनले भने।
विद्युतको बक्यौतासम्बन्धी विषयलाई संसदमा जोडतोडका साथ उठाउने उनले बताए। राज्यले पाउनुपर्ने रकम उठाउनुपर्ने नै सबै सदस्यको धारणा रहेको उनलेृ बताए।
भ्रष्टाचार निवारणसम्बन्धी विधेयकमा प्रस्तावित हद म्यादसम्बन्धी प्रावधान रास्वपालाई स्वीकार्य नहुने विषय उठेको पनि उनले बताए।