राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल, त्यस्तै प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू पनि छलफलको कार्यसूची रहेको उनको भनाइ छ।
कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने उनले बताए।