नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरालाई ५ लाख पुर्याउने कार्यक्रमलाई पार्टीले अपनत्व लिनुपर्ने बताएका छन्।
सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिन पार्टीलाई आग्रह गरेका हुन्।
आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउने विषय समेटेको उनले बताए।
त्यसका लागि स्रोत सुनिश्चित गर्न सकिने पनि उनले बताएका छन्।
‘४० अर्ब हाराहारीमा बिमाका लागि स्रोत जुटाउन सकिन्छ। पार्टी मन्त्री हुँदा अघि बढेको यो कार्यक्रम सुधारका लागि पार्टीले अपनत्व लिनुपर्यो, केन्द्रीय समितिबाट निर्णय पनि गर्नुपर्यो।’
यो पनि:
बीमाको दायरा ५ लाख पुर्याउने स्वास्थ्य मन्त्री पौडेलको प्रस्ताव
सेवा प्रभावकारी बनाएको भन्दै १७ संघीय अस्पतालले पठाए मन्त्रालयमा प्रगति विवरण