माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
आइतबार प्रचण्डको निजी निवास खुमलटारमा उनीहरूबीच भेट भएको हो।
यसअघि भारतीय विदेश सचिव मिस्रीले शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरिसकेका छन्।
भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बिहान नेपाल आएका थिए।
उनी सोमबार स्वदेश फर्किनेछन्।