जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बसेको छ।
आइतबार ललितपुरको सानागाउँस्थित एक बैंक्वेटमा केन्द्रीय समितिको बैठक बसेको हो।
जसपा नेपालले नयाँ केन्द्रीय समिति गठन गरेको छ। यो बैठक चार दिनसम्म चल्नेछ।
बैठकमा कार्यसूचीहरू प्रस्तुत गरिनुका साथै पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यक्रम छ।
बैठकको दोस्रो र तेस्रो दिन वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय/जातीय मूक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवादसम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवम् सैैद्धान्तिक अवधारणा र संविधान संशोधनको आवश्यकता र अपरिहार्यता लगायत विषय-शीर्षकमा केन्द्रीय समिति सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ।
त्यसैगरी पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरूमा छलफल गरी उक्त प्रस्तावमा निर्णय हुने र बैठकले बैठकले केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन पनि गर्ने कार्यसूची रहेको छ।
तस्बिरहरू:
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी