काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन्।
बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै बालेनले यस्तो बताएका हुन्।
बालेनले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा पनि काममा समय दिनुपर्ने बताए।
उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए।
उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए।
उनले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको बताए। उनले विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरूको मुहार हेर्ने चाहना रहेको बताए।
उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउन काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरिरहेको बताए।
उनले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताए।
उनले सम्पदा शैलीका सडक र घर भवनहरू भए पर्यटकहरूलाई आकर्षण अझै बढी हुने बताए।
उनले भने, ‘चाँडो र तीव्र गतिमा यहाँका सडकहरू बन्दै जानेछन्। बन्दै पनि छन्। ढुङ्गा छापिएका बाटोहरू भर्खरै छतबाट हेर्दै पनि थियौं। विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएको हिसाबले जसरी वडा भवनको मुहार देखिएको छ। आगामी दिनहरूमा हाम्रो वडा अध्यक्ष, जनप्रतिनिधि ज्युहरू र कर्मचारीहरूको सहकार्यले सम्पदामैत्री घरहरूको मुहार यस्तै देखियोस् भन्ने चाहना छ। त्यसको लागि काठमाडौं महानगरले बजेट पनि राखेको छ। अगाडि देखि घरका फसादहरू सम्पदामैत्री मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ। पर्यटकहरूलाई आकर्षण अझै बढी हुनेछ भन्ने आशा लिएको छु।’
—न्युज एजेन्सी नेपाल